खेलकुद विदेश

फिराेजशाह काेट्ला क्रिकेट मैदानको नाम परिवर्तन हुने

काठमाडौं, भदौ ११-दिल्लीमा अवस्थित फिरोजशाह कोट्ला क्रिकेट मैदानको नाम परिवर्तन हुने भएको छ। दिल्ली जिल्ला क्रिकेट संघले गरेको पछिल्लो निर्णय अनुसार अब फिरोजशाह कोट्ला मैदानको नाम अरुण जेट्ली स्टेडियम हुने भएको छ।

दिल्ली क्रिकेट संघ पूर्व अध्यक्ष तथा पूर्व अर्थ मन्त्री जेट्लीको गत साता निधन भएको थियो। उनको स्मृतीलाई कायम राख्न दिल्ली क्रिकेट संघले फिरोजशाह मैदानलाई अरुण जेट्ली स्टेडियम राख्ने निर्णय गरेको हो। भारतीय क्रिकेट बोर्डका पूर्व उपाध्यक्ष समेत रहेका जेट्लीले लामो समय दिल्ली क्रिकेट संघको अध्यक्ष भएर काम गरेका थिए।

सो स्टेडियमको नामाकरण १२ सेप्टेम्बरमा विशेष समारोहका विच गरिनेछ। यसका साथै सो मैदानमा एउटा स्ट्याण्ड हाल भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा पनि राखिने भएको छ।

Featured