मनोरंजन विदेश

सलमानले दिने भए रानूलाई ५५ लाखको घर

काठमाडौं, एजेन्सी, भदौ ११-लता मंगेशकरको स्वर रहेको ‘एक प्यारका नगमा हे’ गीत गाएर रातारात इन्टरनेट सेन्सेसन बनेकी रानूको जीवनले मोड लिएको छ जसको कारण उनको भाग्य नै बदलिएको छ।

संगीत निर्देशक तथा गायक हिमेश रेशमियाले उनलाई आफ्नो नयाँ फिल्म ह्याप्पी हार्डी एण्ड हिरमा गाउने मौका दिएका छन्। तर रानूबारे एउटा यस्तो खबर पनि सोसल मिडियामा भाइरल भइरहेको छ जुन कुराले सबै लाई चकित  बनाईरहेको छ। ह्याप्पी हार्डी एण्ड हिरमा रानूले तेरी मेरी कहानी रेकर्ड गरेकी छिन् जसको एउक भिडियो सोसल मिडियामा धेरैले हेरेका छन्।

यस्तै, सोसल मिडियामा सलमान खान रानूको मद्दतका लागि अग्रसर भएको चर्चा पनि अत्यधिक मात्रामा भईरहेको छ। सलमानले उनलाई ५५ लाखको घर दिएको भन्ने खबर निकै फैलिएको छ। सलमानले रानूलाई आफ्नो नयाँ फिल्म दबंग थ्री मा गीत गाउन लगाउने बताइएको छ। यद्यपि, यी खबरको अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन। यसै पनि सलमान बलिउडमा आफ्नो सहयोगी छविका लागि चर्चित छन्।

Featured