देश राजनीति

बालुवाटारमा एमालेको बैठक सुरु

नेकपा (एमाले) को महाधिवेशन आयोजक समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

६ गते बसेको बैठकले माधव नेपाल पक्षका २७ जना संघीय सांसद र कर्णाली प्रदेशसभाका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनीहरूमाथि स्पष्टिकरण पनि सोधिइसकेको छ ।

स्पष्टीकरण सोधिएका नेताले पनि जवाफ दिइसकेका छन् । आजको बैठकमा सोही स्पष्टीकरणका बारेमा छलफल हुने छ ।

Featured