देश

प्रदेश १ कोरोना मिटरः विराटनगरमा ९७ जनासहित आज एकैदिन १६८ संक्रमित थपिए

विराटनगर, ९ वैशाख । प्रदेश १ मा आज १६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा एक÷एक र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ९७ जनामा संक्रमण पुष्टि भएका छन् ।

संक्रमित मध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् । मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा दुई÷दुई, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा एक÷उक र स्थानीय तह नखुलेका दुई जना, सुनसरीको धरानमा १६, इटहरीमा सात, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा एक÷एक, झापाको भद्रपुर र विर्तामोडमा चार÷चार, कनकाईमा तीन, दमकमा दुई, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा दुई, तेह्रथुमको लालीगुराँसमा एक, उदयपुरको त्रियुगामा एक र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् । प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Featured