देश

रामग्राममा मरेका गिद्धको पोस्टमार्टम गरिँदै

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- ४ जितपुर मरेको अवस्थामा भेटिएका गिद्धको पोस्टमार्टम थालिएको छ । रामग्राम नगरपालिका- ४ का वडा अध्यक्ष मदन यादवले भने, ‘कुकुरलाई विष खुवाएर स्थानीयले मारेको र त्यही सिनो खाएकै कारण गिद्ध मरेको हुन सक्छन्, पोस्टमार्टम गरिँदै छ । के कारणले मरेका रहेछन् रिपोर्ट आएपछि थाहा हुन्छ ।’

वडा अध्यक्ष यादवका अनुसार लोपोन्मुख ६७ वटा गिद्ध मृत अवस्थामा भेटिएका छन् । संकटापन्न डंगर प्रजातिका गिद्ध ३१, सानो खैरो एक, हिमाली ३३ र संरक्षित राजगिद्ध दुई गरी ६७ वटा मरेको उनले बताए ।

गिद्ध मरेका स्थानमै अहिले जिल्ला प्रशासनको समन्वयमा गिद्ध संरक्षण केन्द्र, गिद्ध संरक्षण संघ, पशु संरक्षक संघ, वन कार्यालय, सशस्त्र प्रहरी, भेटेनरी डाक्टरसहितको टोलीले पोष्टमार्टम गरिरहेको छ ।

Featured