देश

रूसी खोप स्पुतनिक–भीलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

सरकारले रूसमा निर्मित कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी लाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले रूसको एफएसबीआई एनएफ गामालिया नेसनल रिसर्च सेन्टर अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी अफ द मिनिस्ट्री अफ हेल्थ अफ रसियाले निर्माण गरेको यो भेक्टर भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि सशर्त अनुमति दिने निर्णय गरेको हो ।

दुई महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डार गर्न सकिने यो खोप १८ वर्षभन्दा माथि उमेर समूहलाई ०.५ एमलको दुई डोज दिइन्छ ।

Featured