देश

खनारको रिलाईन्स स्पीनिङ मिल्समा आगलागी हुँदा करोडौको क्षती

विराटनगर, ८ वैशाख । सुनसरीस्थित एक उद्योगमा आगलागि हुँदा करोडौँ रुपैयाँ बराबरको क्षती भएको छ । इटहर–१२ स्थित खनार चोकको रिलाईन्स स्पीनिङ मिल्स प्रा.लि. मा मंगलबार आगलागी हुँदा दश करोड रुपैयाँ बढीको क्षती भएको हो ।

फ्याक्ट्रीको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको थियो । उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा नियन्त्रणमा आएको थियो । उक्त आगलागिबाट अन्दाजी १० करोड बराबरको क्षती भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Featured