देश राजनीति

प्रधानमन्त्रीले बालुवाटारमा पूजा गरेपछि चितवन पठाइयो राम-सीताको मूर्ति

राम-सीताको मूर्ती आज चितवन पठाइएको छ । चितवनको अयोध्यापुरीमा राखिने ती मूर्ति प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा पूजा गरी चितवन पठाएका हुन् ।

प्रधानमन्त्री ओलीले पटक-पटक रामको जन्मभूमि अयोध्यापुरीमा रहेको बताउँदै आएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति थियो ।

चितवन पठाइएका मूर्तिहरू रामनवमिमा प्रतिस्थापन गरिनेछ । तयार पारिएका मूर्ति रथयात्रा गरेर चितवन पठाइएको हो ।

Featured