देश

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका पूर्वराजा शाह र पत्नी कोमल शाहलाई कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना परीक्षणका लागि स्वाब दिएका पूर्वराजा शाह दम्पतीको रिपोर्ट मंगलबार पोजिटिभ आएको हो ।

हरिद्वारबाट स्वदेश फर्किएपछि पूर्वराजा शाह दम्पतीले कोरोना परीक्षण गराएका थिए ।

Featured