देश

कोरोनाको जोखिम बढेपछि राष्ट्र बैंकको ९ बुँदे निर्देशन: के गर्ने, के नगर्ने ?

कोर‍ोना संक्रमणको जोखिम बढेपछि बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैैंकले ९ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले विद्युतीय कारोवारलाई प्राथमिकता दिन, सिफ्ट अनुसार कर्मचारीलाई काम लगाउन, कर्मचारीलाई समूहमा विभाजन गरि घरबाट काम गर्ने व्यवस्था मिलाउन लगायतक‍ा ९ बुँदे निर्देशन जारी गरेको हो ।

सेवाग्राहीहरुको भौतिक दूरी कायम गरेरम मात्रै सेवा प्रवाह गर्न तथा एटिएम बुथहरुको ढोकासमेत खुलै राख्न निर्देशन दिएको छ । यसअघि जारी गरेका सबै मापदण्ड लागू गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

Featured