देश

मावध नेपालसहित २० जनालाई थप कारबाही गर्ने एमालेको तयारी

नेकपा एमालेको ओली पक्षले मावधकुमार नेपालसहित २० जनालाई थप कारबाही गर्ने भएको छ ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई अन्तिपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि कारबाहीमा परेका चार नेतालाई १० गतेभित्र स्पष्टीकरण दिने अन्तिम माैका दिने निर्णय पनि बैठकले गरेको छ ।

उनीहरूलाई आगामी बैठकमा कारबाही गर्ने तयारी छ । आगामी बैठक १० वैशाखमा बस्ने छ ।

Featured