देश राजनीति

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

संसदको हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य भएको सूचना जारी भएपछि अधिवेशन अन्त्य हुनेछ ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले अदालतले पुनर्स्थापित गरिदिएपछि फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।

Featured