काठमाडौं, भदौ १०-रोल्पाको परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरिएको छ।
अघिल्लो भएको आगजनीबाट कार्यालयमा रहेका कागजपत्र जलेर पुर्ण नस्ट भएको स्थानीयले जनाएका छन्।
घटना कसले र किन गराएको भन्नेबारेमा स्पष्ट हुन सकेको छैन।
रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अज्ञात समूहले वडा कार्यालयमा बम विस्फोट गराउने प्रयास गरेको र विस्फोट नभएपछि ढोकामा आगजनी गरेको बताए। तर, स्थानीयले आगो निभाएका कारण कुनै नोक्सान नभएको प्रजिअ ढकालले दाबी गरे।
प्रतिक्रिया दिनुहोस