देश

विराटनगरको पाञ्चालीमा आठ करोडको लगानीमा पार्टी प्यालेस सञ्चालन हुदै

विराटनगर, ५ वैशाख । प्रदेश राजधानी विराटनगर महानगरपालिकाको पाञ्चालीमा ८ करोडको लगानीमा पार्टी प्यालेस संचालनमा आउने भएको छ ।

विराटनगर–१२ स्थित पाञ्चालीमा यहि बैशाख ८ गतेदेखि कञ्चनजंघा पार्टी प्यालेस सञ्चालनमा आउने भएको हो ।सर्वसाधारणलाई विवाह, गोष्ठी तथा संस्कारजन्य कार्यक्रमहरु सम्पन्न गर्न सहजता होस भन्ने उद्देश्यले सुबिधा सम्पन्न सो पार्टी प्यालेसको निर्माण गरिएको जनाइएको छ ।

निर्माण पक्षले आज पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै सञ्चालक भोला बरालले चार कठ्ठा १० धुर जग्गामा वातानुकूलित सुबिधा सहितको तीन बटा सभाकक्ष, विवाह कक्ष र १ सय ५० बटा सवारी साधन अटाउने पार्किङको व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी पार्टी प्यालेस परिसरमै लिफ्टको सुबिधा सहितको पाँच तल्ले भवनको निर्माण कार्य समेत जारी रहेको जनाइएको छ । बरालको एकल लगानीमा निर्माण गरिएको उक्त पार्टी प्यालेसले ५० जनालाई प्रत्यक्ष रोजगारी उपलव्ध गराउने छ ।

पत्रकार सम्मेलनकैबीच नेपाल पत्रकार महासंघ मोरङका नव निर्वाचित अध्यक्ष सन्जिव खनाल, सचिव नेत्र पि अधिकारी, सह सचिव अनिल श्रेष्ठ लगायतका पदाधिकारीहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

Featured