देश

पाँच वर्षमुनिका ३ हजार ५ सय ६५ जना संक्रमित, १० जनाको मृत्यु

नेपालमा ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये १० जनाको मृत्यु भएको बताए ।

‘अहिले पनि ५१ जना ५ वर्षमुनिका एक्टिभ संक्रमित छन्’, उनले भने, ‘बालबालिकालाई कोरोनाले असर नगर्ने भनेर नबोल्न र तथ्यमा बोल्न चिकित्सकहरूलाई आग्रह गर्दछु ।’

Featured