देश

रंगेली–विराटनगर सडक खण्डमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

रबीन्द्र बराल/रंगेली, ५ वैशाख । हुलाकी राजमार्ग अन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा शनिबार राति सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका–३ मंगलबारेका २५ वर्षीय भोला शर्मा छन् ।

रंगेली विराटनगर सडकखन्ड अन्तर्गत धनपालथान–४ स्थित भलुवा चोक नजिकै बनाउदै गरेको कल्भर्टमा को २७ प ६४५९ नम्बरको मोटर साइकल दुर्घटना हुँदा शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाबाट मोटरसाइकल पछाडी बसेका स्थानीय २४ वर्षीय कसमिक मुर्मु घाइते भएका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए ।

Featured