देश

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने दुई जना पक्राउ

अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गर्ने एक जना भारतीय नागरिकसहित दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट सरकारको अनुमतिविना अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने उपकरण राखेर कल बाइपास गर्ने भारत पञ्जावका राना साह र रौतहटका मोसलिम मियाँ अन्सारी आइतबार पक्राउ परेका हुन् ।

उनीहरू दुवै जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले चन्द्रागिरिबाट पक्राउ गरेको सीआईबीका प्रमुख डीआईजी सहकुलबहादुर थापाले जानकारी दिए ।

साह र अन्सारीको साथबाट कल बाइपास गर्ने विभिन्न उपकरण, नेपाल टेलिकमको सिमकार्डलगायतका सामग्री बरामद गरिएको थापाले बताए ।

उनीहरूमाथि दुरसञ्चार ऐन, २०५३ अनुसार मुद्दा चलाएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Featured