देश

विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा भेटिए

विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् ।

केही साथीहरुसँग खेल्ने क्रममा बालक खोलामा पुगेको र डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक बाल शनिबारदेखि हराई रहेको र आज मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएसपी मानबहादुुर राईले जानकारी दिए । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Featured