देश राजनीति

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ५ वैशाख-प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा समाभुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको हिउँदे अधिवेशन अन्त्यको पत्र पढेर सुनाएसँगै हिउँदे अधिवेशन अन्त्यको भएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गरेका छन् ।

हिउँदे अधिवेशनको अन्तिम दिनको बैठकमा पनि प्रतिपक्षी दलहरूले विरोध जनाएपछि मुख्यमन्त्री शेरधन राईले सम्बोधनसमेत गर्न पाएनन् ।

Featured