देश शिक्षा

विद्यालय बन्द गर्नेबारे सीसीएमसीले छलफल गर्दै

अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सरकारले शहरी क्षेत्रका विद्यालय पूर्ण रूपमा बन्द गर्न सक्ने संकेत गरेका छन् ।

काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा धारणा राख्ने क्रममा उनले बालबालिकामा पनि कोरोना संक्रमण बढ्दै गएकाले अनलाइन माध्यममार्फत पढाउने विषयमा आज बस्ने लागेको सीसीएमसीको बैठकमा छलफल हुने बताए ।

‘कोरोना बढ्दो छ, हामीले आइटीको प्रयोग बढाउनुपर्ने छ । यसपछि सीसीएमसीको बैठक बस्दै छ । हामीले शहरी क्षेत्रमा अनलाइन कक्षा नै सञ्चालन गर्ने विषयमा छलफल गर्दैछौँ,´ कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री पौडेलले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि विद्याल जाने उमेरका बालबालिकामा संक्रमण बढ्दै गएको भन्दै सरकारलाई विद्यालय बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले १४ वटा जिल्लालाई अति प्रभावितको सूचीमा राखेर विद्यालय नजानसमेत सार्वजनिक अपिल गरेको छ । त्यस्तै, संसदीय समितिहरूले पनि वैकल्पिक माध्यमबाट पठनपठान गराउन सरकारलाई निर्देशन दिएका छन् ।

यस विषयमा आज बस्न लागेको सीसीएमसीको बैठकमा छलफल हुने मन्त्री पौडलले बताएका छन् । छलफल गरेर सीसीएमसीले प्रस्ताव पेश गरेपछि विद्यालय बन्द गर्ने/नगर्नेबारे मन्त्रिपरिषद्को बैठकले निर्णय लिने छ ।

Featured