देश

प्रचण्ड सर्वदलीय बैठकमा अनुपस्थित भएपछि प्रदीप ज्ञवालीको आक्रोश – माओवादीबिना पनि देश चल्छ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रबिना पनि देश चल्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित भएको सन्दर्भमा ज्ञवालीले माओवादीबिना पनि सरकारले काम गर्न सक्ने टिप्पणी गरेका हुन् ।

‘बाहिरबाहिर कार्यक्रममा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्न चाहेको भन्दै हिँड्ने प्रचण्डजीहरू बैठक बोलाएपछि उपस्थित हुनुभएन । यो के तरिका हो । उहाँहरू आफूहरूबिना देश चल्दैन भन्ने लागेको हो भने त्यो भ्रम हो,’ उनले भने ।

Featured