देश राजनीति

सर्वदलीय बैठकमा नगएका प्रचण्ड र नेपालबीच कोटेश्वरमा एक घण्टा छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का नेता माधव नेपालबीच आज बिहान कोटेश्वरमा भेटवार्ता भएको छ ।

कर्णाली प्रदेशमा एमालेले लगाएको ह्वीप उल्लंघन गर्दै नेपाल पक्षीय सांसदले महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेको भोलिपल्ट प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । आजै प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सर्वदलीय बैठक राखेका छन् । उक्त बैठकमा प्रचण्ड र नेपाल सहभागी भएका छैनन् ।

कोटेश्वरस्थित एक व्यापारीको घरमा प्रचण्ड र नेपालबीच करिब १ घण्टासम्म छलफल भएको थियो । उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल भएको स्रोतले बतायो ।

Featured