देश

चट्याङ लागेर भोजपुर र तेह्रथुममा दुई जनाको मृत्यु

भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

गएराति चट्याङ लागेर तेह्रथुम छथर गाउँपालिका-६ असिनेकी ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका–८ निगुरेकी ६० वर्षीया मनमाया राई को मृत्यु भएको हो ।

घरमा बसिरहेको बेला चट्याङ लागेर गम्भीर घाइतेभ एकी मगरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै, चट्याङ लागेर घाइते भएकी राईको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

Featured