देश

शाहीको विपक्षमा मत हाल्न एमालेको ह्वीप

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलको घरमा जारी एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्वीप जारी गर्ने निर्णय हो ।

‘बैठक जारी छ, बैठकले मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न पार्टीका सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ,’ प्रमुख समेतक गुवालजंग शाहले भने, ‘बिहान ११ बजेदेखि बसेको बैठक जारी नै छ । बैठक सकिएलगतै सबै सांसद २ बजे प्रदेश सभाको बैठकमा सहभागी हुनेछन् ।’

मुख्यमन्त्री शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाहीले विश्वासको मत लिन लागेका हुन् ।

Featured