देश

प्रस्तावित न्यायाधीश कुमार चुडाल भन्छन्- समय र इजलास व्यवस्थापन मेरो प्राथमिकता हुनेछ

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश कुमार चुडालले उच्च आचरणसहित न्यायप्रति समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना पेस गर्दै उनले न्याय प्रणालीलाई छिटो छरितो बनाउँदै फैसलामा स्तरीयता काम गर्ने आफ्नो योजना रहेको बताए ।

‘नेपालको न्याय प्रणालीलाई चुस्त दुरुस्त र समय सापेक्ष बनाउन इच्छा शक्तिसहितको प्रतिवद्धता मेरो हुनेछ,’ उनले भने ।

न्यायको स्तरीयताका निम्ति समय र इजलास व्यवस्थापन महत्त्वपूर्ण हुने भएकाले त्यसमा ध्यान दिने उनको भनाइ छ ।

Featured