देश

बागमती प्रदेश : संसदीय दलको बोर्ड गठन गर्ने एमालेको निर्णय

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो ।  बोर्डमा एमाले संसदीय दल दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक केशवराज पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनयन गर्नेछन् । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था छ ।

संसदीय दलको  बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

Featured