देश

तराईमा आज जुडशीतल पर्व : आशीर्वाद लिँदै गाउँगाउँमा डुल्छन्, चुल्होलाई एक रात आराम दिन्छन्

तराईमा हर्षोल्लासका साथ आज जुडशीतल (सिरुवा) पर्व मनाइँदै छ । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष २ वैशाखमा यो पर्व मनाइन्छ ।  आजकाे दिन सबेरै मान्यजनबाट आशीर्वाद लिएर खानाको विभिन्न परिकार खाएर पर्व मनाउने गरिन्छ । थारू समुदायमा याे पर्व सिरुवाको नामले मनाइन्छ । तराई समाजमा जुडशीतल सामाजिक सद्भाव, भाइचारा, आदर्श एवम् सम्बन्धकाे पर्वको रूपमा छ । एकाबिहानै गाउँमा पाका उमेरका व्यक्तिहरूले आफूभन्दा सानाको शिरमा चिसो पानी राखेर आशीर्वाद दिने तथा आशीर्वाद लिनेले खुट्टा छोएर दण्डवत् गर्ने परम्परा छ ।

पर्वकाे अवसरमा घर, आँगन सफा गरिन्छ । रुख–बिरुवामा पानी हालिन्छ । सिरुवा पर्वमा देवीदेउतालाई बासीभात, आँपको चिचिलाको चटनी, खानाको परिकार, दूध, दही आदि चढाइन्छ ।

पर्वका दिन राति कसैको घरमा चुलो बालिँदैन । पूजा गरिसकेपछि रातमा खाना नपकाउने र चुल्होलाई एक रात आराम दिनुपर्ने धार्मिक मान्यता छ ।

Featured