देश सूचना/ प्रबिधि

नयाँ वर्षको पहिलो दिनदेखि WL Food ले सुरु गर्यो खाना डेलिभरी सेवा

काठमाडौं, १ वैशाख । यतिवेला विश्वमा सुचना प्रविधिले निकै फड्को मारिसकेको छ । दिनदिनै विश्वमा नयाँ–नयाँ प्रविधिको विकास भएसँगै जमाना प्रविधिमैत्री बन्दै गइरहेको छ ।

पछिल्ला समय नेपालले समेत सुचना प्रविधिमा निकै फड्को मारिसकेको छ । हाल नेपाली बजार पनि प्रविधिमैत्री बन्दै गइरहेको छ । यसैकुरालाई मध्यनजर गर्दै युवा व्यवसायीहरुले नयाँ वर्षको सुरुवातसँगै संघिय राजधानी काठमाडौंलगायत विभिन्न स्थानबाट खाना डेलिभरी सेवा सुरु गरेका छन् ।

जुझारु युवाहरुद्वारा सञ्चालीत डब्लु एल फुडले नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गतेदेखिनै माग बमोजिम अर्डर गरिने खाना डेलिभरी सेवा सुरु गरेको हो । WL we link  कम्पनीको नाम नै स्लोगन बाट राखिएको छ ।

WL ले पहिलो चरणमा अनलाईन फुड होम डेलिभरी सेवा सञ्चालनमा ल्याएको हो । अहिले उक्त सेवा काठमाडौ र प्रदेश १ को झापाबाट सुरु गरिएको जनाइएको छ । यो सेवा क्रमशः ललितपुर, भक्तपुर र देशभरीका अन्य प्रमुख सहरहरूमासमेत बिस्तार गरिने कम्पनीका सञ्चालकहरुले बताएका छन् ।

उक्त कम्पनीले डब्लु एल एप समेत सञ्चालनमा ल्याइसकेको छ । डब्लु एल एपमा जीपीएस ट्रयाकीङ सिस्टम प्रयोग गरिएको छ । जहाँ सेवाग्राही हरुले चाहेअनुरुपका खाना तथा खाजाका परिकारहरु रोजेर अर्डर गर्न पाउने छन् ।

उक्त एपबाट खाना बाहेकका अन्य सामानहरूको सेवा पनि छिट्टै शुरु गरिने बताइएको छ । डब्लुएल डेलिभरी प्रा.लि द्वारा सञ्चालित डब्लु एलको एप एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र एप्पल प्रयोगकर्ताले एप स्टोर बाट सजिलै निःशुल्क डाउनलोड गर्न सक्नेछन् । साथै वेबसाइट बाट पनि चलाउन सहज छ ।

www.wldelivery.com र  wl-food.com  मा गएर पनि सेवा लिन सकिनेछ । आफूलाई मन परेको रेष्टुरेन्टबाट अर्डर गरिएको खाने कुराहरू ताजा र सुरक्षित तरिकाले डेलिभरी गरिने संचालक टिमले जनाएको छ ।

विकसित राष्ट्रहरुले प्रयोग गर्ने प्रतिस्ठित नयाँ टेक्नोलोजी प्रयोग गरि बनाइएको र चलाउन धेरै सजिलो भएकाले यो एपको प्रयोग अत्याधिक हुने सञ्चालकहरुको दावी छ ।

Featured