देश

२४ घण्टामा ४८ बालबालिका संक्रमित

बालबालिकामा कोरोना संक्रमणको असर बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार ४८ जना बालबालिका संक्रमित भएका छन् । गत २४ घण्टामा ५ हजार २ सय ३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ५ सय १७ जना कोरोना पोजिटिभ देखिएको थियो । जसमध्ये ४८ जना बालबालिकामा सक्रमण देखिएको छ ।

९ वर्षसम्मका ५ जना र १० देखि १९ वर्षसम्मका ४३ जना संक्रमित भएका छन् । विद्यालय जाने उमेरका बालबालिका संक्रमित हुन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने प्रस्ताव गरेको छ  ।

तर, मन्त्रिपरिषद्ले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने निर्णय गरेको छैन । शिक्षा मन्त्रालयले सोमबार सरोकारवाला निकायसँग छलफल गरेको थियो । सरोकारवाला निकायले भने विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।

Featured