देश

प्रदेश १ मा थपिए २६ जना कोरोना संक्रमित

प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको पीसीआर परीक्षणमा १२ महिला र १४ पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा दुई-दुई, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा एक-एक, सुनसरीको इटहरी र दुहवीमा एक-एक, धनकुटाको धनकुटा नगरपालिकामा एक र प्रदेश १ बाहिरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ । संक्रमितमध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् ।

Featured