देश

रूपन्देहीमा माधव समूहले विस्तार गर्‍यो समानान्तर कमिटी

एमालेको माधव नेपाल समूहले रूपन्देहीमा समानान्तर कमिटी विस्तार गरेको छ ।

देशभर समानान्तर कमिटी गठन गरिरहेको नेपाल समूहले रूपन्देहीमा मंगलबार राजु गुरुङको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

रूपन्देहीमा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा २०५ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको हो । अहिले जिल्ला कमिटी मात्र विस्तार गरिएकोमा क्रमशः गाउँपालिका, वडास्तर हुँदै टोलसम्म नै समानान्तर रूपमा कमिटीको पुनर्गठन गरिने अध्यक्ष गुरुङले बताए ।

यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी गठन गरिसकेको छ ।

Featured