देश

फर्निचर उद्योगमा आगलागी, ५० लाख बढीको क्षति

फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा ५० लाखभन्दा बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।

बिहान करीब साढे ४ बजेको समयमा सुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Featured