देश राजनीति

प्रधानमन्त्री ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्ने तय भएको छ,’ प्रवक्ता गुरुङले भने ।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने छन् ।

Featured