देश

सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४९ नमूना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका- १ का ४, वडा नम्बर ३ का १, वडा नम्बर ५ का ७, वडा नम्बर ६ का १, वडा नम्बर ७ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै वडा नम्बर १६ का १, कैलालीको भजनी गाउपालिका ५ का २ र कञ्चनपुरको बेलौरी नगरपालिका- ८ का एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

कुल संक्रमित मध्ये १ जना आइसीयू २ जना भेन्टिलेटर र एक जनालाई आइसोलेसनमा राखिएको छ । संक्रमित हुनेमा धेरै जसो भारतबाट आएका नागरिक रहेको अस्पतालले जनाएको छ ।

Featured