देश राजनीति

ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले ६ वैशाखका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । बैठकमा पार्टीको १०औँ महाधिवेशनका विषयमा छलफल हुने केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि बसेको बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

Featured