देश राजनीति

कांग्रेससहितका विपक्षी दलद्वारा प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।

सोमबार १ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल कांग्रेससहितका दलका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो ।

विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले विपक्षी दलका तर्फबाट जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवलाई बोल्न समय दिएकी छन् ।

संसदीय दलका नेता यादवले सरकारले बजेटको सुनिश्चितता गर्न नसककेको बताए । प्रदेश सरकार आफ्नो खुट्टामा उभिन नसकेको आरोप लगाउँदै उनले सदनबाट पारित बजेट कार्यान्वयन गर्न नसकेको भन्दै आक्रोश पोखे ।

उनले मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष समाप्त हुन लागे पनि हेलचेक्र्याइँ गरिरहेको बताए । यसअघि बसेका विपक्षी दलकै विरोधका कारण दुई वटा बैठक अवरुद्ध भएका थिए ।

Featured