देश

कृष्णप्रसाद अधिकारी हत्या प्रकरण : आरोपित सबैलाई सफाइ दिने उच्च अदालतकाे फैसला

उच्च अदालत पाटन, हेटौंडाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपित सबैलाई सफाइ दिएकाे छ । आज न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले जिल्ला अदालत चितवनको फैसला सदर गरेकाे हाे ।

२४ भदाै २०७५ मा जिल्ला अदालत चितवनले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिएकाे थियाे । त्यस बेला अर्का एकजना प्रतिवादी रुद्र आचार्य फरार थिए ।

२४ जेठ २०६१ मा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो । घटनापछि आफ्नो छोराको हत्या भएको भन्दै दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सुनुवाइ नभएको भन्दै बुवा नन्दप्रसाद र आमा गंगामायाले अनसन थालेका थिए । अनसनकै क्रममा नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ ।

Featured