देश

कोहलपुरबाट एक थान पेस्तोलसहित तीन जना पक्राउ

ईलाका प्रहरी कार्यालय कोहपुरले एक थान कटुवा पेस्तोल र त्यसको गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक छन् भने एक जना नेपाली हुन् । भारतको बहराई जिल्ला बाबागञ्जका महता प्रसाद खटिया र सोही स्थानका नकछेद पाछी पक्राउ परेका छन् । त्यस्तै बाँकेस्थित कोहलपुर नगरपालिका– १४ का सुरज लामीछाने छन् ।

उनीहरूलाई विषेश सूचनाको आधारमा कोहपुरको हाइस्कुल क्षेत्रमा शंकास्पद रूपमा हिडिरहेको अवस्था पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पेस्तोल भारतीय नागरिक महता प्रसाद खटियाले बोकेको अवस्थामा भेटिएको र उनीहरू तीनै जनामाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालले जानकारी दिए ।

Featured