देश

चितवनमा म्याजिक भ्यान दुर्घटना, दुई जनाको मृत्यु

चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक भ्यान दुर्घटना हुँदा रुपा गाउँपालिका-१ का ४५ वर्षीय सूर्य खाती र भरतपुर-४ का ५० वर्षीय राजेन्द्र दमाईको मृत्यु भएको हो ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लमजुङको दोर्जी गाउँपालिका-३ का ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका-२ का १९ वर्षीय प्रदीप घिमिरेको पुरानो मेडिकल कलेज तथा म्याजिक चालक भरतपुर-१९ शारदानगरका ३५ वर्षका रमेश थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाँकी तीन जनाको भरतपुर अस्पताल र एक जनामा रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

Featured