देश

विराटनगरमा छोराले धकेल्दा बाबुको मृत्यु, आरोपित फरार

विराटनगर, २९ चैत । विराटनगरमा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार छोरासँगको झगडाका क्रममा विराटनगर महानगरपालिका- ८ का ५४ वर्षीय बिके सहनी मुखियाको मृत्यु भएको हो ।

झगडाका क्रममा बिकेलाई उनका छोरा २५ वर्षीय रवि सहनीले धकेलेको बताइएको छ । छोराले धकेल्दा उनी बाँसको भाटामा परेका थिए । बाबुको मृत्यु भएपछि रवि फरार रहेको प्रहरीले जनाएको छ ।

Featured