देश

गोंगबुको गेष्ट हाउसमा एक जना मृत फेला, सँगै रहेका दुई जना पक्राउ

काठमाडौँको गोंगबुस्थित मित्रनगरमा रहेको ‘गोदावरी सन्तोषी गेष्ट हाउस’मा एक जना मृत अवस्थामा भेटिएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगंजका डीएसपी रोशन खड्काका अनुसार ३० वर्षीय नारायणबहादुर खत्री मृत अवस्थामा फेला परेका हुन् ।

राजु क्षत्रीको नामबाट बुक गरिएको गेष्ट हाउसको कोठामा खत्रीको शव भेटिएको डीएसपी खड्काले जानकारी दिए । प्रहरीका अनुसार मृत खत्रीसँगै रहेका दुई जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा राजकुमार गाह र ढक्कुराम बस्नेत छन् ।

शनिबार गेष्टहाउसमा बसेका खत्री मृत भेटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured