देश राजनीति

माओवादी छाडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद गुम्यो

नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरी मन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद गुमेको छ ।

प्रदेश १ को प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित आङ्बुहाङ एमाले प्रवेश गरी प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।

निर्वाचित भएको दल त्याग गरेको भन्दै माओवादी केन्द्रले आङ्बुहाङलाई संसदबाट हटाउन सभामुखलाई पत्र पठाएको थियो ।

बिहीबार प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आङ्बोहाङलाई सांसदबाट हटाउन माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको पत्र प्रदेशसभा बैठकमा पढेर सुनाएका थिए ।

सांसद पद गुमेपछि मन्त्रीमा निरन्तरताका लागि उनले पुन: सपथ लिनुपर्ने छ । त्यसपछि उनी ६ महिनासम्म मन्त्री हुन पाउँछन् ।

Featured