देश

इटहरीको तिरूपति प्लाई उद्योगमा भीषण आगलागी

सुनसरीको इटहरी- १२ खनारस्थित तिरूपति प्लाई उद्योगमा सोमबार बिहानैदेखि भीषण आगलागी भएको छ । आगलागीको कारण पत्ता नलागे पनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सोमबार बिहानैदेखि लागेको आगो नियन्त्रणको प्रयास अझै सफल हुन सकेको छैन । आगो नियन्त्रणका लागि इटहरीदेखि दमकसम्मका दमकल तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी र स्थानीय प्रयासरत छन् । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार आगो निभाउन सक्दो प्रयास भइरहेको छ ।

आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ तथा कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

Featured