देश

पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा प्रधान निर्वाचित

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लीलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन् । काठमाडौंमा आयोजित एसोसिएसनको ४२ औँ साधारणसभाबाट प्रधान अध्यक्षमा निवर्वाचित भएका हुन् ।प्रधानले ३०२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी नविन चन्द्र श्रेष्ठले ४३ मत प्राप्त गरेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोद कुमार चौरसिया तथा द्वितीय उपाध्यक्षमा सुनिल कुमार विडला निर्विरोध भएका छन् । एसोसिएसनको महासचिवमा विश्व प्रसाद अर्याल निर्वाचित भएका छन् ।

Featured