देश

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षको मृत्यु

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ ।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिनअघि ब्रेम हेमरेज भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अध्यक्ष रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

Featured