देश

प्रदेश २ : होलीमा ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म

प्रदेश २ मा होलीको दिन (सोमबार) कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना भएका छन् । महोत्तरीको मटिहानी नगरपालिका- १ मा कुटपिट भएको हो । त्यस्तै, धनुषाको मिथिला नगरपालिका- १ मा चक्कु प्रहार भएको छ ।

मटिहानी- १ मा दुई समूहबीच भएको कुटपिटमा परी १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको मिथिला- १ मा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रदेश- २ मा होलीको दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका डीएसपी नवरतन पौडेलले जानकारी दिए ।

Featured