देश

जबरजस्तीकरणी गरेको आरोपमा काठमाडौँबाट एक युवक पक्राउ

काठमाडौं, भदौ १०-जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-१८ का सुमन खड्का छन्। उनलाई क्षेत्रपाटीबाट पक्राउ गरेर फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो।

ब्युरोका अनुसार, खड्कालाई उच्च अदालत, पाटनले २०७१ सालमा ४ वर्ष ५ महिना १ दिन कैद सजाय सुनाएको थियो। त्यसअघि जिल्ला अदालत, काठमाडैंले सुरुमा सफाइ दिएको थियो। तर, उच्च अदालतले जिल्लाको फैसलालाई उल्ट्याएको थियो।

प्रहरीका अनुसार, खड्काले विवाह गर्ने प्रलोभनमा आर्थिक अवस्था कमजोर भएको १५ वर्षीया बालिकालाई पटकपटक जबरजस्तीकरणी गरेका थिए।

Featured