देश राजनीति

भीम रावलको प्रतिक्रिया – निलम्बन गर्ने निर्णय निरंकुश र स्वेच्छाचारी कुकृत्य

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको निर्णयलाई अस्वीकार गरेका छन् ।

समाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय अधिवेशनकों अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको निर्णयलाई भर्त्सना गर्दै पूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । पार्टीबाट निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णय निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको समेत उनको भनाइ छ ।

Featured