देश राजनीति

राचन्द्र पौडेलले विराटनगर आएर भने–ओलीको विकल्पमा जुनसुकै पार्टीको सरकार बने पनि कांग्रेसलाई स्वीकार्य छ

विराटनगर, १३ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व नचाहिएको बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारको विकल्पमा जुनसुकै पार्टीको नेतुत्वमा सरकार बने पनि कांग्रेसलाई स्वीकार्य हुने बताए । उनले सबैको सहमतिमा विकल्प खोजिने गरी छलफल हुनुपर्नेमा जोड दिए ।

‘अहिलेको अवस्थामा कांग्रेसलाई सत्ताको आवश्यकता छैन,’ पौडेलले भने, ‘यो सरकारको विकल्पमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि हामीलाई स्वीकार्य हुन्छ ।’

वरिष्ठ नेता पौडेलले लोकतन्त्र र संविधानलाई बचाउँन बृहत प्रजातान्त्रिक एकता आवश्यक रहेको बताए । संसदीय प्रजातान्त्रिक पद्धतीमाथि चौर्तफी आक्रमण भइरहेकाले त्यसलाई बचाउनका लागि प्रजातान्त्रिकदलहरु बीचमा एकता जरुरी रहेको उनको भनाइ छ ।

नेता पौडेलले ७० वर्षसम्म लडेर ल्याएको यो व्यवस्थालाई वचाउँनु कांग्रेसको धर्म भएकाले त्यही बाटोमा कांग्रेस अघि बढेको बताए । संविधान र लोकतन्त्रलाई भत्काउन धेरै प्रकारका षडयन्त्र भइरहेकोले त्यसबाट मुलुकलाई जोगाउन पनि एकता आवश्यक रहेको उनले बताए ।

Featured