देश

भारतमा संक्रमण बढ्दा प्रदेश २ मा जोखिम, नाकामा हेल्प डेस्क र परीक्षणदर बढाउन निर्देशन

केही दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीमासँगै जोडिएको प्रदेश-२ मा पनि संक्रमणको जोखिम बढेको छ । खुला सीमानाकाका कारण संक्रमित सहजै प्रवेश गर्न सक्ने भएकाले प्रदेश २ मा पनि संक्रणमको जोखिम बढेको हो ।

सोही कुरालाई मध्यनजर गर्दै सतर्कता अपनाउन प्रदेश सरकारले पहल थालेको छ । प्रदेश २ स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा हेल्फ डेस्क राख्न र परीक्षणदर बढाउन जिल्ला स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ ।

‘प्रदेश २ का ८ वटै जिल्लाका सीमानाकामा सतर्कता अपनाउन समन्वय भएको छ,’ निर्देशनालयका प्रमुख डा. विजय कुमार झाले भने, ‘सबै जिल्लाका स्वास्थ्य कार्यलयका प्रमुखलाई कोभिड संकट व्यवस्थापन समिति र स्थानीय तहसँग समन्वय गरी सीमानाकामा हेल्प डेस्क राख्न निर्देशन दिइएको छ ।’

Featured